बेलायतले नेपाली स्टाफ नर्सलाई रोजगारी दिने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन । उनले नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिएका हुन ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्ता अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए । उनले भने, नेपालीका लागि आकर्षण कमाइ पनि हुने र सुरक्षित श्रम गन्तव्य मुलुकसँग हामी श्रम सम्झौता गरेर श्रमिक पठाउने खोजिरहेका छौँ । श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिरहेको जानकारी दिए ।

बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिक मैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने उनले भनाइ छ । सचिव गौतमले यसाघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरवलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए । मन्त्रालयका अनुसार दक्षिण कोरियाको सम्झौता पुुनरवलोकन गर्न ढिला भैसकेको छ । कोरियाको गत वर्षको डिसेम्बरमै सम्झौता पुनरवलोकन गर्नुुपर्ने थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *