दश दलीय गठबन्धन आएपनि एमाले एक्लै सक्षम छ – अध्यक्ष ओली

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलविरुद्ध दश दलीय गठबन्धन बनेपनि एमाले एक्लै बलियो रहेको बताएका छन । आगामी निर्वाचनमा एमाले एक्लै चुनावमा गएर सम्मानजनक बहुमत ल्याउने उनले दावी गरे।

नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताए । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दलहरु मिलेर सरकार भत्काए पनि आगामी निर्वाचनबाट पुनः एमाले सरकारको नेतृत्वमा आउने उनले दावी गरे ।

देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको पनि उनले टिप्पणी गरे । “जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम भएको छ” अध्यक्ष ओलीले थपे, “आगामी निर्वाचनबाट पुनः हामी सम्मानजनक बहुमतसाथ सरकारको नेतृत्वमा अौँछौं ।”

“सरकार बनाउने थलो संसद हो, सांसदको मतबाट सरकार गठन हुनेगर्छ तर यस पटक अन्तैबाट सरकार गठन भयो, परमादेशले सरकार बन्यो” अध्यक्ष ओलीले टिप्पणी गरे । एमाले सरकार बाहिर रहेपनि जनता र देशको पक्षमा निरन्तर काम गरिरहने उनले प्रतिवद्धता जनाए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *