काठमान्डौ – देशभर थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यही अवधिमा थप ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत छ । हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ ।