थप २३८ जनामा कोरोना संक्रमण

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । यसैगरी देशमा हालसम्म सात हजार १६४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *