घटेन तरकारीको भाउ

समाचार
शेयर गर्नु होला

काठमाडौ –दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् ।

ताजा तरकारीको मागानुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइेको छ । गोलभेँडाको भाउ अैतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार स्थानीय काउली प्रतिकेजी ८० देखि ११० रुपियाँ, गोलभेँडा, प्रतिकेजी ९० देखि १२० रुपियाँ, गाँजर प्रतिकेजी १२० रुपियाँ, सेतो मूला ५० रुपियाँ, बोडी तने १२० रुपियाँ, घिउ सिमी १४० रुपियाँ, मटरकोसा २०० रुपियाँ रहेको छ । यस्तै सुकेको प्याज प्रतिकेजी ५५ रुपियाँ थोकमा कारोबार भैरहेको छ भने रातो आलु प्रतिकेजी ७० रुपियाँ थोकमा किनबेच भैरहेको छ ।

थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइसाध्यै छैन । चार जनाको परिवारलाई २०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको ३०० रुपियाँ परेको अनुभव कीर्तिपुरका उपभोक्ता विमला अधिकारीको छ । पहिले दुई÷तीन थरी तरकारी र अचार हुने अधिकारीको भान्सामा अचेल एक थरी मात्रै तरकारी मुस्किलले पाक्न थालेको छ ।

कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहनुभएका ट्याक्सी ड्राइभर विनोद क्षेत्रीले तरकारी खान नसक्ने भएपछि विकल्पमा गेडागुडीको टुसा उमारेर खान थालेको बताए।यो समाचार आजको गोरखापत्र दैनिकमा छ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *