बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

सोफिया – पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ ।

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइेको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।रासस सिन्ह्वा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *