सुदूरपश्चिम – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताएका हुन ।
अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने, “न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।”
अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभै पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइेको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे। उनले भने, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइेको भ्रम अन्त्य भएको छ ।’’
अध्यक्ष दाहालले अंेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अंेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको छु, यसको विषयमा उठेको प्रश्नको सही जवाफ चाहिएको छ भने ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताए । उनले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । रासस