नेपाल बार एशोसिएसनका पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देवाउले शुक्रबार बालुवाटारमा बोलाए

Breaking News राजनीति
शेयर गर्नु होला

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देवाउले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ ।

बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदातल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उहाँले बताउनुभयो ।

उहाँले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाउनुभएको बताउनुभयो । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय सुद्धिकरणको अवधराणका विषयमा छलफल हुने अध्याक्ष श्रेष्ठले बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *