दक्षिण अफ्रिकामा भेटेको कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई विश्व स्वास्थ्य सङ्गठनले “ओमिक्रोन” नाम दियो, यो कस्तो भाईरस हो र कती घातक छ? [भिडिओ]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो जुन भेरिअन्ट B.1.1.529 रहेको छ, जसलाई हिजो विश्व स्वास्थ्य सङ्गठनले ग्रिक नाम “ओमिक्रोन” दिएको छ।

पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दै छन्।

अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक सङ्क्रामक भएको बताएका छन्।

उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई “भयानक” भनेर व्याख्या गरेको बताए।

अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन्।

नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।

यो आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ। दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो “धेरै भिन्न” र “उत्परिवर्तनको अस्वाभाविक समूह” देखिएको बताए।

सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिनमा भएको बताए।

धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।

धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।

तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ।बीबीसी

Video Source : TODAY


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *