नेपालले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम टार्न अफ्रिकन नागरिकलाई अर्को व्यवस्था नभए सम्म प्रवेश गर्न नदिने

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पहिलो पटक पुष्टि भएपछि नेपालले सम्भावित जोखिम टार्न अफ्रिकन नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी नागरिकहरुलाई प्रवेश नदिन आइतबार निर्देशन दिएको हो ।

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ।

अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत पीसीआर रिपोर्ट र उद्देश्यको आधारमा मात्र आवश्यक निर्णय लिन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *