एमाले महाधिवेशन – केपी ओलीले र भीम रावलले दर्ता गरे अध्यक्षमा उम्मेदवारी

Breaking News समाचार
शेयर गर्नु होला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका थिए ।

त्यस्तै भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *