काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट जिल्ला सभापतिमा निर्वाचित भएका छन् । नेपाली काँग्रेस तनहुँको सभापति पदमा जितप्रकाश आले विजयी भएका छन । सभापतिमा प्रत्यासी वैकुष्ठ न्यौपाने भन्दा १६८ मत बढी प्राप्त गरी आलेले विजयी भएका हुन। एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो । आलेले ७८३ र न्यौपाने ८८३ मत प्राप्त गरेका थिए।
यस्तै, नेपाली काँग्रेस धादिङ सभापतिमा रामनाथ अधिकारी ३६ मतान्तरले विजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन । दुई हजार १५६ मत खसेकोमा एक हजार ८२ रामनाथ अधिकारी र एक हजार ४६ मत भीमप्रसाद ढुँगानाले प्राप्त गरेका हुन । सभापतिका अधिकारी र ढुंगानाले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
यता, सुनसरीमा सम्पन्न मतदानबाट जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन । अैतबार सम्पन्न निर्वाचनको सोमबार विहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा भण्डारीले एक हजार ४२२ मत ल्याई निर्वाचित भएका छन । उन्का निकटतम प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठले एक हजार ३०९ मत ल्याई पराजित भएका चन।