काठमाडौं – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली भारी मतान्तरका साथ एमालेको दोस्रो पटक निर्वाचित भएका हुन्।
ओलीले भीम रावललाई पराजित गरेका हुन्।स्रोतका अनुसार,ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।