एमाले सचिवमा गोकर्णलाई सर्बाधिक मत,ओली प्यानलका ७ जना सचिवमा विजयी

Breaking News समाचार
शेयर गर्नु होला

चितवन – नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान १८०० मत पाएका छन।लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् ।

सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *