१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित भएको हो । आजबाट प्रदेश अधिवेश सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने निर्वाचन समितिले जनाएको छ ।

काँग्रेस निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले १६ जिल्लाको अधिवेशन स्थगित गरेको जानकारी दिए। उनले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भैसकेको बताए। उनका अनुसार सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, बाँके, अछाम, कैलाली र प्रदेश २ को को आठ वटा जिल्लामा अधिवेशन स्थगित भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *