बिबीसी – अमेरिकामा ओमिक्रोन भेरिअन्टका आठ सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्। तर बाइडनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसाघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन्।
न्यू योर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ। अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोनसङ्क्रमण देखिएको थियो।
स्वास्थ्य अधिकारीहरूले ओ मिक्रोन भेरिअन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन्। उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखीसकेको छ।अति उत्परिवर्तिन ओमिक्रोन बढी सङ्क्रामक छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट छैन।
बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्ाष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ। यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ।
विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ। अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर कोरोनाभाइरसको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ। बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिकमार्फत् त्यस्तो सुविधा दीनेछ।
प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने पनि छ। चार करोडभन्दा बढी अंेरिकीहरूले बुस्टर खोप पाइसकेका छन्। तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताएका छन्।
बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ। अमेरिकासहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन्। स्वास्थ्य विज्ञहरूले यात्रा प्रतिबन्ध लगाउँदा आफूहरूलाई नयाँ भेरिअन्टबारे अध्ययन गर्न समय मिल्ने बताएका छन्।