राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

Breaking News राजनीति
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएकक् छ्क्न्क् । नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए । उनक प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिएका छन ।

राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी भएका छन । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।

राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी भएका छन । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो । राप्रपा उपाध्यक्ष खुला तर्फबाट विजयी विक्रम पाण्डेले २५ सय २१, बुद्धिमान तामाङले १९ सय ४४, ध्रुवबहादुर प्रधानले १८ सय १४ र महिला उपाध्यक्षमा विजयी रोशन कार्कीले १५ सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

राप्रपा महामन्त्री खुला तर्फबाट विजयी धवल शमशेर राणाले २२ सय २१, भुवनन पाठकले १७ सय पाँच प्राप्त गर्नुभएको छ । महिला महामन्त्रीमा दुई हजार आठ मतसहित कुन्ती शाही विजयी भएकी छिन । महिला महामन्त्रीमा रेखा थापाले भने १६ सय ४० मत प्राप्त गरेकी छिन। काठमाडौंको भृकुटीमण्डपमा भएको राप्रपा महाधिवेशनमा जम्मा ३८ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, चार सय ३१ मत बदर भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *