काठमाडौ – नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्ाष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी हुन । प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन।
दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगिता जितेपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगएर बधाई दिएका थिए । नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाईन।
पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारेका थिए । जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नाआएपछि जोर्डन ठागुसँग भिडेका थिए । नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी भैइन । सपनाले जमुना तामाङलाई पाखा लगाईन।
पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित निकाले । एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका खेलाडी सहभागी थिए । विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, नेपालका चर्चित रेस्लर भरतबहादुर विसुराल हिमालयन टाइगर, आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले पुरस्कार प्रदान गरे ।