थप २०५ जनामा कोरोना संक्रमण,एकको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *