राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरु द्वारा पद तथा गोपनियताको शपथ ग्रहण

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा अध्यक्ष लिङ्देनसहित पदाधिकारीले शपथ लिनुभएको हो ।

उपाध्यक्षहरु विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, महामन्त्रीहरु धवल शमशेर राणा, भुवन पाठक र कुन्ती शाहीले शपथ लिनुभएको हो । सँगै समारोहमा अन्य केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राप्रपा केन्द्रीय कार्य समितिमा एक सय ९९ केन्द्रीय सदस्य रहने जनाइएको छ । जसमा, नवनिर्वाचित अध्यक्षले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको राप्रपा निर्वाचन समितिले जनाएको छ।

मङ्सिर १५ गते बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन आइतबार अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै समापन हुँदैछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *