कांग्रेस लुम्बिनी प्रदेशमा पुन

समाचार
शेयर गर्नु होला

रुपन्देही – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अंअरसिंह पुन निर्वाचित भएका छन । आइतबार सम्पन्न निर्वाचनबाट उनले  ८६७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिए। उहाँका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।

नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता हुनुहुन्छ भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी विजयी भएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *