काठमाडौं – नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको सोमबार पुष्टि गरेको हो ।
सोमबार दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहप्रवक्ता डा। समिरकुमार अधिकारीले नेपालमा दुई जनामा ओमिक्रोन फेला परेको पुष्टि गर्नुभएको हो । सहप्रवक्ता डा. अधिकारीअनुसार ६६ वर्षीय विदेशी नागरिक र उहाँको सम्पर्कमा आउनु भएको ७१ वर्षीय व्यक्तिमा ॐिक्रोन भेरियन्ट देखिएको हो । उहाँहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन सङ्क्रमित दुवै जना अस्पतालको आइसोलेसन कक्षमा उपचाररत हुनुहुन्छ भने उहाँहरुमा गम्भीर लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उहाँहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । गत मङ्सिर ३ गते ओमिक्रोन देखिएका देश हुँदै दुवै जना त्रिभुवन अन्तर्ाष्ट्रिय विमानस्थल हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्नुभएको मन्त्रालयले जनाएको छ ।
७१ वर्षीय व्यक्तिमा मङ्सिर ७ गते ओमिक्रोन पुष्टि भएको थियो । उहाँबाट सङ्कलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको हो । दुवै जनाको कन्ट्याक ट्रेसिङ गरी सम्र्पकमा आउनुभएका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।