कोभिड खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने डब्ल्यूएचओको भनाइ

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमान्डौ – कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई अंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो।

तर ओमिक्रोन भेरिअन्टमा खोपको असर अन्य भेरिअन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा। माइक रायनले बताएका छन्। ”हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्‍याउने सन्दर्भमा हालसम्मका सबै भेरिअन्टविरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन,” डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक रायनले समाचार संस्था एएफपीलाई भने।

प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य ”स्ट्रेन”भन्दा बढी बिरामी नपार्ने देखिएको उनले जानकारी दिए। “यदि अरू केही भन्न सकिन्छ भने खोपले कम गम्भीर बनाउने चाहिँ पक्का हो,” उनले भने।

अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोन विरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ। ओमिक्रोन भेरिअन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ।बिबीसीबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *