चेन्नई – तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार थिए ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । जानकारी अनुसार, सेनाको उक्त हेलिकप्टरमा १४ जना यात्रा गरी रहेका थिए, जस मध्ये हाल सम्म ११ जनाको सब बरामद गरिएको छ।यो घटनामा सीडीएस विपिन रावत बाहेक उनकी पत्नी र अन्य सेना अधिकारीहरू पनि हेलिकप्टरमा थिए। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको छ ।
यसैबीच, केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले केही समयपछि संसदमा दुर्घटनाबारे बयान दिनेछन्। दुर्घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई दुर्घटनाको जानकारी दीएको थियो ।
रासस/एएनआई