थप २८० जनामा कोरोना संक्रमण, दुईको मृत्यु

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार २३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *