काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ घंटामा नेपाल भरी २८३१३२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।
मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ मा देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा ४८६१२ जनाले लगाएका छन भने दोस्रो मात्रा ४००२७ जनाले लगाएका छन। त्यसैगरी भेरोसेल खोप पहिलो मात्रा १४५८८६ जनाले लगाएका छन भने दोस्रो मात्रा ४०१७१ जनाले लगाएका छन। एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको पहिलो मात्रा ८ हजार ४३६ जनाले लगाएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार हिजो बुधबार मंषिर २२ गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा ३५ लाख ३ हजार १११ जनाले ले लगाएका छन् भने २१ लाख ४८ हजार ८७ जनाले दोस्रो मात्राका खोप लगाएका छन् ।
त्यस्तै भेरोसेल खोप पहिलो मात्रा ७१ लाख ४२ हजार ३१५ जनाले लगाएका छन् भने दोस्रो मात्रा ५१ लाख ३२ हजार ९५३ जनाले लगाएका छन।
साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म १५ लाख ८८ हजार २७ जनाले लगाएका छन् भने सोही खोपको दोस्रो मात्रा ५३ हजार ८३६ जनाले लगाएका छन।
हाल नेपालमा कोरोना भाईरस बिरुद्धको तिन मुख्य खोपहरु प्रयोगमा आएका छन जस्मा कोभिशिल्ड, भेरोसोल र जोनसन & जोनसन रहेका छन।