लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको मृत्यु भएको छ । उनीहरु गणेश माविमा अध्ययनरत विद्यार्थी हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *