काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्ने कुरा नगर्न आग्रह गरेक छन। शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिनेक्रममा प्रचण्डले यस्तो बताएका हुन ।
देशलाई अग्रगति दिन एकता जरुरी भएको भन्दै अहंकार छोडर सबै मिलेर हिँड्नुपर्नेमा जोड दिएका हुन । प्रचण्डले राजनीतिक प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्ने उल्लेख गरे । उनले अहिले एकता र गठबन्धनबाट नै सफलता प्राप्त भएको दाबीसमेत गरेका छन ।
‘देशलाई अग्रगति दिने सन्दर्भमा गहिरो एकताको जरुरी छ । पार्टी र साथी एक्लै हिँड्ने कुरा कसैले नगरौँ । हामी मिलेरै हिँड्ने हो’, प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्छ ।’