काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन ।
नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले राजतन्त्र फर्काउने दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एुटा वंशको शासन हामीलाई स्वीकार छैन ।’
शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले नेपाल, नेपाली र राष्ट्रियताको रक्षा नेपाली नागरिकले नै गर्ने प्रष्ट पारे।