भारतकी हरनाज कौर बनिन मिस युनिभर्स २०२१

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि – भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो ।

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् ।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसाघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *