काठमाडौं – पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीराअर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३०० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६५ पुगेको छ ।
यसैगरी देशभर हालसम्म पाँच हजार ६३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।