राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

समाचार
शेयर गर्नु होला

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ ।राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन कार्यक्रमानुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । रिक्त हुन गैरहेका एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *