रक्षामन्त्री रिजालको राजीनामा दिने घोषणा

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा चुनावी मैदानमा रहेका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गरेका हुन ।

फेसबुकमा स्टाटस लेख्दै उहाँले मतगणनाको परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा पेस गर्ने उल्लेख गरेका हुन। ‘नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’, मन्त्री रिजालले फेसबुकमा लेखेका छन छन, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

काँग्रेस महामन्त्रीको मतपरिणाम अनुसार रिजाल पाँचौ स्थानमा छन । महामन्त्रीका उम्मेदवार गगन थापाले सबैभन्दा बढी मत प्राप्त गरेका छन भने विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन । प्रदीप पौडेल तेस्रो स्थानमा छन भने डा. प्रकाशशरण महत चौंथो स्थानमा रह्का छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *