जोन्सन एन्ड जोन्सनको २१ लाख खोप आइपुग्याे

समाचार
शेयर गर्नु होला

काठमाडौं – काेराेनाविरूद्धकाे जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनकाे काेराेनाविरूद्धकाे डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिए।

थापाका अनुसार खोप युनिसेफमार्फत आइपुगेको हो । यसाघि अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

योसँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ। विभिन्न कम्पनीकाे अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *