काठमाडौं – रक्षामन्त्री डा। मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीको निर्वाचनमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन् ।
रक्षा मन्त्री पदबाट राजीनामा गरेको छु। pic.twitter.com/fBvSKrX0ed
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
रिजाल र गगन थापा डा।शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । मतगणनामा पछाडि परेपछि उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।
आफ्नो सामाजिक संजाल ट्विटरमा पोष्ट गर्दै नेता रिजालले आफ्नो राजिनामा पत्र समेत सार्बजनिक गरेका छन।