नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना परिणाम घोषणा, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे र जीवन परिवार निर्वाचित

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना परिणाम घोषणा भएको छ ।

पछिल्लो मत परिणाम अनुसार महिला क्लस्टरमा महालक्ष्मी उपाध्याय ‘डिना’ ले २५३३ मत प्राप्त गरेका छन्। उनी शेरबहादुर देउवा प्यानलका हुन्।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा आङ्देङ्वेले २७११ मत ल्याए । लामाले १९१३ मत पाए ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन् । परियारले २२१२ मत प्रप्त गरेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *