“देशकै इज्जत जोगाउने क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश गएको छ” – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ — आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भएको भेटबार्तामा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समक्ष क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश गएको बताएका छन् ।

आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। साथै उनले देशकै इज्जत जोगाउने क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश गएको धारणा व्यक्त गरेका थिए ।

दाहालसँगको कुराकानीपछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई बुझेर कारबाहीबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *