“प्रधानमन्त्री द्वारा बोलाईएको सर्वदलीय बैठकमा एमसीसी संगको सम्झौताका राष्ट्रघाती प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्धारीको सर्वदलीय बैठक नबनोस्” – नेकपा (एमाले) नेता भिम रावल

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला

काठमांडौ – एमसीसी अनुमोदनलाई लिएर सर्बदलिय छलफल चलिरहेको बेला लामो समय देखी एमसीसीको बिरोध गर्दै आएका नेकपा(एमाले) नेता भिम रावलले सम्झौताका राष्ट्रघाती प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्धारीको सर्वदलीय बैठक नबनोस् भनेका छन।

हिजो शनिबार प्रधानमन्त्री द्वारा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न सर्वदलीय बैठक आबहान संगौक्त बैठकमा एमसीसी सम्बंधी पनी छलफल हुन सक्ने अंकलन गरिएको बेला नेकपा(एमाले) नेता भिम रावलले प्रधानमन्त्री द्वारा बोलाईेको सर्वदलीय बैठकमा एमसीसी संगको सम्झौताका राष्ट्रघाती प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्धारीको सर्वदलीय बैठक नबनोस् भनेका छन। साथै उनले वाह्य रकममा राष्ट्रिय स्वाधीनतालाई समर्पण गर्न खोज्नु विदेशीको नांगो दलाली हो समेत भनेका छन।

आफ्नो सामाजिक संजाल ट्विटरमा नेता रावल लेख्दछन; “एमसीसी संगको सम्झौताबारे प्रमंले बोलाउनु भएको सर्वदलीय बैठक,सम्झौताका राष्ट्रघाती प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्धारीको सर्वदलीय बैठक नबनोस्।वाह्य रकममा राष्ट्रिय स्वाधीनतालाई समर्पण गर्न खोज्नु विदेशीको नांगो दलाली हो।जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि !”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *