सर्वदलीय बैठकअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

समाचार
शेयर गर्नु होला

काठमाडौँ –सर्वदलीय बैठकाघि सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुट्नु भएकाे हाे । दिउँसो २ बजेदेखि सुरु भएको छलफल जारी छ ।

आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठ कबोलाएका छन । सङ्घीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइेको छ । त्यसाघि सत्ता गठबन्धनको आधिकारिक धारणा बनाउन बैठक बसेको हो ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, नेकपा (माओवादी केन्द्र(, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई बोलाइेको छ । प्रतिपक्षी दल एमालेले भने बैठकमा सहभागी नहुने बताइसकेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *