संस्कृतिलाई जीवित राख्नु साझा दायित्व – प्रधानमन्त्री देउवा

समाचार
शेयर गर्नु होला

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृति समुदाय मिलेर बनेको राष्ट्र भन्दै उहाँले यस्तो बताएका हुन । साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउने उनको भनाइ छ । ‘हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो’, प्रधानमन्त्री देउवाले भने, ‘साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउँछ ।’ ज्यापु समाजको कार्यक्रममा बोल्दै उहाँले उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न योगदान गरेको उल्लेख गरे ।

संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत प्रधानमन्त्री देउवाले जनाएका छन । ‘ज्यापु समाजको छुट्टै मौलिकताले उपत्यकाको समाज विकासमा उल्लेखनीय योगदान गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न गरेको योगदान संरक्षणका लागि सरकार सहयोग गर्न प्रतिवद्ध छ ।’ उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भएको बताएका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *