राष्ट्रिय सभा – अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधपछि अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए । एमाले सांसद देवेन्द्र दाहालले सदन सुरुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउनुहुँदै बैठक चल्न नसकेको बताए ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उनिहरु नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका हुन । नेकपा एमालेले गत भदौ २३ यता लगातार सङ्घीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *