सिरियल किलर चार्ल्स शोभराज प्रकरण : शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला

काठमाडौँ – सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद भुक्तान गरिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्नु नपर्ने कारण माग गरेको हो ।

शोभराजलाई थुनामुक्त गर्नु पर्ने कुनै कारण भए महान्यायाधीवक्तलाको कार्यालयमार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई भनेको छ । शोभराजले आफूले सजाय भोगिसकेको भन्दै थुनामुक्त गर्न मागसहित बुधबार बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमका आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने आधार र कारण भए सोसमेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटाका मयादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नु भनी यो आदेशको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाउँमा म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालार्य दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुससार पेश गर्नु ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *