आईसीयू र भेन्टिलेटरमा ११८ कोरोना संक्रमितको उपचार हुँदै

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपालमा देशका विभिन्न आइसीयू र भेन्टिलेटरमा ११८ जना कोरोना संक्रमित उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न विभिन्न आइसीयू र भेन्टिलेटरमा ११८ कोरोना संक्रमितको उपचार भैराखेको छ । बिहीबार ९६ संक्रमितको आइसीयूमा र २२ को भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जानकारी गराएकाे छ ।

प्रदेश १ मा १७ जना आइसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा २ जना आइसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना अैइसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ। गण्डकी प्रदेशमा ३ जना आइसीयूमा उपचाररत छन्।

लुम्बिनी प्रदेशमा ८ जना अैइसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिममा १ जना आइसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। नेपालमा ५ हजार १६१ जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म ८ लाख २६ हजार ६६४ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ८ लाख ९ हजार ९२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८१ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *