सल्यान – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन । एमसीसीको अन्तरवस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने र एमसीसीको गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाइ छ ।
समाजवादी प्रेस संठन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले आर्थिक सहयोगलाई मात्र लक्षित गरेर एमसीसी पास हुने उनको भनाइ छ । ‘एमसीसीको अन्तरवस्तु र जनताको भावनालाई बुझेर मात्र यसलाई अगाडि बढाउछौँ’, अध्यक्ष नेपालले भने, ‘एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन ।’