फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्छ – प्रचण्ड

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्ने बताएका छन। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव समूहबाट अलग भएर समाहित भएका प्रभात चलाउने नेतृत्वको समूहलाई स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

सानो समूह माओवादी केन्द्रमा समाहित हुँदा बलियो सन्देश गएको भन्दै प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले अन्य माओवादी घटक र क्रान्तिकारी कम्युनिष्टसँग एकताका लागि छलफल भैरहेकोसमेत बताएका छन।

‘हामी पार्टी पुनर्निर्माणमा छौँ । सबै छरिएका माओवादी र क्रान्तिकारी कम्युनिष्टको अभियानमा छौँ । त्यही अभियानको कडीको रुपमा तपाईंहरुको समायोजन वा एकता भएको छ । यसले बलियो सन्देश बलियो गएको छ’, प्रचण्डले भने, ‘विप्लवलगायत नेतृत्वमा रहेका साथीहरुसँग कुरा भैराखेको छ । मलाई विश्वास छ, हामी फेरि मुलघरमा केन्द्रित भएर यो राष्ट्रलाई नयाँ ढंगले नेतृत्व गर्नुपर्छ ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *