काठमाडौ – पछिल्लो २४ घण्टामा दुई लाख ५५ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ५५ हजार ४५८ जनाले खोप लगाएका हुन् । योसँगै मन्त्रालयका अनुसार दुई करोड ३० लाख ९५ हजार ६४७ डोज खोप लगाइेको छ । नेपालले अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार ९२७ डोज खोप ल्याएको छ ।
२४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा २२६ जना डिस्चार्ज हुँदा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ । अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म ८ लाख १० हजार ४९७ जना निको भएका छन् । यो संक्रमितको ९८ प्रतिशत हो । अहिलेसम्म ४८ लाख १३ हजार ३५० जनाको पीसीआर परीक्षण भएको छ भने आठ लाख १२ हजार ८५ जनाको एन्टिजेन परीक्षण भएको छ ।