“एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन्, हामी हुन दिन्नौँ ” – प्रचण्ड

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ । एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने सङ्केत गरिरहेको छ ।

प्रतिनिधिसभामा अवरोध जारी रहँदा जनजीविकाका सवाल ओझेलमा परेका छन् । नागरिकता विधेयक, निजामती विधेयकलगायत जनतासँग प्रत्यक्ष जोडिएका विषय निष्कर्षमा नपुग्दा जनतामा नैराश्यता बढेको छ ।

प्रतिनिधिसभाको कामकारबाहीलाई व्यवस्थित बनाउन, संसद्मा देखिएको गत्यारोध अन्त्यका लागि सभामुख तथा सरकारले गरेको प्रयत्नलाई एमालेले असहयोग गर्दै आएको छ । सदनमा हुँदै आएको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेर एमालेले आफूले गरेको संसद् विघटनलाई ‘जायज’ पुष्टि गर्न खोजिरहेको छ ।

मुलुकका जल्दाबल्दा समस्यालाई समाधान गर्न प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरिरहेको छ । प्रतिपक्ष सरकारसँग संवादमा आउन नचाहिरहेको चर्चा सार्वजनिक हुन थालेको छ । वर्तमान राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन संसद्को सबैभन्दा ठूलो दल एमालेसँग निर्णायक छलफल गर्ने सत्ता गठबन्धनको तयारी छ ।

प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तक्र्रियामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले छलफलबाट भाग्न खोजिरहेकाले आफूहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटनै गएर संवाद गर्न चाहेको बताउनुभयो ।

महत्वपूर्ण विषयमा छलफल गर्न सरकारले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उल्लेख गर्दै उहाँले आफूले प्रधानमन्त्रीलाई ओलीसँग छलफल गरौँ भनेको बताउनुभयो ।

‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो, तर प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न, पटक–पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने’, अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न, त्यस्तै हुनुहुन्छ । हाम्रो के लाग्यो रु तपाईं र म नै बालकोट जाऔँ । यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ । देशका अरु विषय पनि हल गरौँ भनेको छु ।’

लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको उहाँको भनाइ थियो । ‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर ग¥यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर ग¥यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ’, उहाँले भन्नुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *