टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटका लागि ३० सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा, टिममा को-को परे ? पढनुहोस

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल छनोटका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरको छ । टोलीका प्रशिक्षक पुबुदु दसानायके र क्यान खेलाडी छनोट समितिले बिहीबार बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीका खेलाहीहरुमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह हुनुहुन्छ ।

क्यानले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पछि टोलीमा मौका दिने जनाएको छ । प्रधानमन्त्री कप क्रिकेट पुस २५ गतेदेखि हुने बताईएको छ । अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ ।

आईसीसीले हालै सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *