ओमिक्रोन बढ्दै गएपछि नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

नयाँदिल्ली – नयाँ दिल्ली र मुम्बैमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बैमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ ।

यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन् । बिहीबार मात्र भारतभर १२७० जना ॐिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइेका छन् । त्यसपछि धेरै मुम्बैइमा पाइेका छन् ।

यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइेको छ । भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बैमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

दिल्ली सरकारले यसाघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइेको जनाएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइेकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बताए।रासस सिन्ह्वा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *