चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

खेलकुद
शेयर गर्नु होला

बिबीसी – चीनले राष्ट्रिय टोलीका लागि फुटबल खेल्ने खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीहरूलाई त्यो हटाउन निर्देशन दिएको छ। चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो।

कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइेको जनाएको छ। जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसाघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो।चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो। त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन्।

एक विज्ञप्तिमा चीनको जनरल एड्मिनिस्ट्रेसन अफ स्पोर्टसले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन सुझाव दीएको जनाएको छ। “विशेष अवस्थामा प्रशिक्षण र प्रतियोगिताको समयमा ट्याटु छोप्नु पर्छ,” विज्ञप्तिमा भनिएको छ।

चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न। विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ। चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ट्याटुलाई राम्रो मान्दैन तर त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ। यो वर्षको सुरुमा चीनको प्रसारण निकायले अस्वास्थ्य सामग्रीमाथि कडाइ गर्ने जनाएको थियो।

टेलिभिजन र इन्टरनेटमा खेल व्यक्तित्वहरूलाई ट्याटु र पुरुषहरूले कपाल बाँधेर आउन मनाही गरिएको थियो। केही कार्यक्रममा ट्याटु र पुरुष खेलाडीले बाटेको कपाललाई नचिनेर बनाइेको थियो। गत डिसेम्बरमा महिला विश्वविद्यालयको एउटा फुटबल खेल खेलाडीहरूको रङ्गाइेको कपालका कारण रद्द गरिएको थियो।

सो खेलका आयोजक न्याश्नल युथ क्याम्पस फुटबल लिगले त्यति बेला एक विज्ञप्तिमा लेखेको थियो: “सबै स्तरका खेलाडीहरूले ट्याटु खोप्न, कपाल रङ्गाउन, वा अन्य कुनै सामग्री लगाउन पाइँदैन, अन्यथा उनीहरू प्रतियोगिताका लागि अयोग्य हुन्छन्।”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *